चलचित्र ‘हजार जुनी सम्म’को ट्रेलर आज सार्वजनिक (भिडियो सहित)


चलचित्र ‘हजार जुनी सम्म’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारको उपस्थितीमा प्रेम र पारिवारिक कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज भएको हो । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा बाबु–छोरीको प्रेम, प्रेमी–प्रेमिकाको प्रेम देखाइएको छ ।




चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल, अखिलेष प्रधान, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा मुख्य नायिका प्रियंका कार्की भने अटाएकी छैनन् ।

चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । कार्यक्रममा निर्देशक विकासराज आचार्य र नायिका प्रियंका कार्की अनुपस्थित थिए । चलचित्रमा विकासराज आचार्य र सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, विशाल चाम्लिङको कथा छ ।



चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । चलचित्रको ट्रेलरको बिषयमा लेखक सामिप्यारज तिमिल्सिनाले भने–‘यो विशुद्ध पारिवारिक चलचित्र हो । यसलाई नाई नभन्नु ल ६ भनेपनि हुन्छ ।’ चलचित्रका मुख्य नायक आर्यन सिग्देलले चलचित्रमा काम गर्दा रमाइलो भएको भन्दै दर्शकलाई चलचित्रले भावनामा लैजाने बताए ।

नायिका स्वस्तिमा खड्काले चलचित्रको कथावस्तु पारिवारिक रहेको भन्दै यो चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।




सम्बन्धित
Loading...