स्मृतिको पन्नाबाट ३ ****संमरण****

28

हेल्लो, कहाँ छौ ? सधै जस्तै उस्ले भन्यो । मेरो फोनमा सधै यतिबेला फोन आउथ्यो । आज पनि उस्तै गरी भन्यो । तर क्लास एक घण्टा अगाडि नै सकिएकोले पनि म घर नै पुगेको थिए । क्याम्पसको समयमा जहिले फोन गरेर भन्थ्यो । क्यामपस पुग्यौ डल्लु । मायाले उस्ले मलाई डल्लु भन्थ्यो । मैले पनि कालु डल्लु यसरी माया दर्साउने सबै शब्दहरु भन्थे । प्रेमको कुन अन्धविश्वासमा म बर्षाैदेखि थिए । उस्ले निकै माया गरेको अभास हुन्थ्यो र त सबै बाट म निकै टाढा थिए ।
चैत्र २६ गते लक्ष्मणलाई फोन गर्दा भनेको थिए। उस्ले भन्थ्यो, मैले तलाई कहिल्यै धोका दिन्न। उसको एस.एम. एस. हेरेर नी म खुशी हुने मान्छे। कहिल्यै केही कुरामा हुदैन भन्थेन। उस्ले क्यानसर भएको साचो भन्यो होला भन्नेमा हझ पनि ढुक्क छु। तर मैले उस्को जीवन जटिल होस कहिल्यै भन्दिन। उस्ले पनि मलाई सधै उसो गरी भनिरहेको हुन्थ्यो। मैले सोच्थे ऊ कति सच्चा थियो । तिनताका मेरो परीक्षा सकिएको र उस्को पनि मास्टर सकिएकोले अव संगै बस्ने योजना थियो ।
टर्की पाल्ने र आर्थिक रुपमा बलियो भन्ने उस्को योजना थियो । तर बैशाख १२ गते उस्ले फोन गरेर भन्यो । ‘डल्लु तिमीले अर्काे मान्छे खोजेर बिहे गर ।’ उस्ले अपत्यारिलो कुरा पहिलो पटक गरेको थियो । त्यस दिन मैले जीवनमा पहिलो पटक अनौठो महशुस गरेकी थिए। खोई कस्तो म त्यो बयान गर्न सक्दिन ।
त्यस्तो पनि हुँदो रहेछ । मैले के गर्ने के नगर्ने सोच्नै सकिन । लाग्यो मेरो आकास मै माथि खसेको छ । मेरो त ऊ भन्दा अरु कुनै रहर थिएन। मैले उस्लाई भन्थे पनि । उस्ले त्यहि रात फोन गरेर क्यानसर भएको छ मलाई क्यानसर भएको कुरा राम दाईलाई थाहा छ। नत्र दाई २÷२ पटक रिपोट लिन किन आयो त ? उस्ले आफुले रुदै भन्यो । मैले एकदमै विश्वास गर्ने मान्छे हो। मैले कहिल्यै पनि उसको पडिा सहन सकिदन थिए। टाउको दुख्ने गरेको लगभग ३ बर्ष भएको थियो उस्को। माइगरेन भएको र अलि अलि मुटुमा पनि समस्या परेको उस्ले बताएको थियो । मैले दुनिया जस्तो सुकै भए पनि ऊ त मलाई हरेक कुरामा साथ दिन्छ भन्नेमा ढुक्क थिए। त्यसैले कहिल्यै मैले उसलाई शंका गरेको थिइन कहिल्यै पनि । त्यस दिन मैले रामलाई फोन गरे। रातको १२ बजेसम्म ऊसंग च्याट गरेर सोध्न कोसिस गरे। त्यो दिन पनि मैले त्यो कुरा थाहा छैन भन्नेमा आयो । राती अवेरसम्म नसुत्ने भएर समस्या भएको हो । यति भने पछि । फेरि मैले रामलाई सय रुपैया“को रिचार्ज ईसेवाबाट हाल्न भने। त्यसपछि त्यो पैसा नसकिएसम्म फोनमा कुरा भयो। उस्ले दाईलाई थाहा छैन। ६ महिना देखि म यो रोगसंग लडेको छु भन्यो। पर्सी झै शनिबार मैले अति नै भनेर रामलाई सोधेको थिए तर थाहा छैन भने पछि मैले लक्ष्मणलाई नै साधें।


मुना म्याम र टिका म्यामलाई भने पछि म्यामहरुले कुरा गर्नु भएको थियो । उस्ले आफुलाई मल्टीपल माइलोमा क्यान्सर भएको बतायो । क्यान्सर भएकै हो भन्यो। १४ बैशाख मैले गणेशलाई भेट्न पठाए। तर उस्ले क्यानसर भएको भन्छन भने तर सा“चो भने या झुटो थाहा भएन। उस्ले लगातार फोन गरेर भन्यो ।
शखरलाई नभन है तिनीहरुको अगाडि म कमजोर हुन चाहन्न। म बाच्न चहान्छु। र मैले बाँच्न सम्झौता गर्दैछु । डल्लु मेरो विश्वास गर। मैले उस्लाई निकै विश्वास गर्थें। अनि मुना म्यामले फोन गर्दा पनि उसै गरी भनेछ। म्यामले छोड भन्नु भयो । अरे बाबा १० बर्षसम्म यो मान्छे मेरो लागि हरेक दिनमा १४÷१५ पटक फोन गर्ने मान्छेले। जस्ले फोन नउठाउ“दा घर बेटीलाई फोन गरेर कहाँ गई भन्ने मान्छे ऊ। आएर मेरा प्रत्येक साथीहरुसंग भेटेर मलाई साथ दिएकोमा धन्यवाद दिने मान्छेले । पहिलो पटक रुदै रुदै प्रत्येकलाई त्यसरी भनेको थियो। प्रत्येकसंग निकै निराश भएको उस्ले बतायो।
जेठको पहिलो हप्ता अमेरिका जाने र किमो चढाउने भन्ने गरेको थियो । म सामान्य परिवारमा जन्मेको मान्छे १० हजार साथमा भएको दिन मैले आफुलाई संसारको सबै भन्दा धनी मानी ठान्थे त्यस्ती मान्छे अमेरिकासम्म लगेर उपचार गर्ने हिम्मत नभए पनि एउटै आशा थियो । उस्को लागि मैले आफुलाई बेचिदिन्थे।
१६ गते, उस्ले रामलाई क्यान्सर भएको कुरा बताए। दाई मसंग रायो र रुदै ११ बजे फोन गरेको थियो । म इट्टा कम्पनीमा थिए“ । ऊ रु“दै रु“दै के के भने मैले रुदै रुदै के सुने त्यो सब रेकर्ड छ। त्यस दिन मैले कायर भएर मर्ने निर्णय गरेको थिए। कहाँ कस्लाई के भनेर फोन गर्ने। कहा“ कोसंग कति पैसा चाहिन्छ मागेको थिए। चितवनको आशिष पौड्यालसंग त मैले २० लाख जति जम्मा गर्नु मैले र बहिनीले जग्गा बेचेर ५० लाख जम्मा गर्ने योजना बनाएको थिए। मसंग साथमा पैसा त थिएन तर मैले साथमा सर्मिला चौथरीसंग २० हजार र सहकारी सस्थाबाट २ लाख खातामा हालेर काठमाण्डौ गएको थिए । त्यस दिनसम्म पनि उयस्ले कुरा फेरेको थियो । मलाई नभेट भनेको थियो । तर जीवन जोडिएको बर्षै भएको थियो। आउथ्यो उसको जिम्मेवारी पुरा गरेको थियो । सबैसंग राम्रै थियो ।
क्यानसर भएको कारण त्यो केटीले मलाई बचाउन बिहे गर्दै छ भन्दा ऊ संग भेट गराउ भनेर पनि भने तर नमान्ने भन्दै उस्ले बोली फरेको थियो। क्यानसर भएको भए रिपोट देखाउभन्दा डाक्टरले त्यो ्िरपोट दिदैन भनेर पो भन्न थालेको थियो । खोई कति बेला बाट म संग झुट बोल्यो। अन्नपूर्ण पोष्टमा जागिर छोडे पछि उस्ले नागरिक डिजिटलमा काम गरेको थियो। तलव नदिएको र काम गर्न नसकेकोले खोट लगाएको पनि उसले भन्थ्यो । मैले निकै विश्वास गर्थे ।
१७ गते काठमाण्डौ गए । बिहान ७ बजे कावासोतीबाट गाडी चढेको म रुदै रुदै गए नखाएको कति दिन भएको थियो । लगभग १२ गतेबाट मैले खाना खाएको थिइन । रुदा रुदा आँखा सुनिएको थियो । बिजुली बजारको पुलमा मैले उस्लाई १० मिनेट कुरें। ऊ त्यसरी नै आयो जसरी एउटा जवान युवक एक प्रेमीलाई भेट्न आउँछ। शायद उस्ले क्यान्सर भएको कुरा बताएको भुलेको थियो । अंगालेमा बाधेर नरुन भन्यो । शायद मदेखि कसरी भाग्ने त्यो अत्यास थियो ।
शायद त्यही अत्यासले गर्दा नै ऊ के बोले के बालिन भुलेको थियो । ३ बजे भेटेर हामी बाजेको सेकुवामा रोटी खान बस्यौ । ऊ कहिले रुन्छ । कहिले जवरजस्ती मुखमा रोटी हाल्छ । हिक्का छोड्दे यसरी रोटी खायो। मैले उस्को आ“खा हेरे सुख्खा तर केही निराश त्यो भन्दा केही देखिन । किन भने दिमाग चलाउनेहरुको भावना मन देखि सोच्नेले कहिल्यै बुझ्दैन। मैले पनि त्यो साचो ठाने ।
उस्ले बोन म्यारो चेक गर्दा लगाउने सुई लगाउ“दा दुख्छ भनेर निकै रायो । मैले उसको अभिनय बुझिन। खाजा खाए पछि हामी बहिनीको कोठामा गयौं। उस्ले मेरो खुट्टा ढोगेर भन्यो तिमीसँग बसे भने घरबाट केही सहयोग हुदैन त्यसैले मैले यो बिहे गर्दै छु। तिमीसंग म जाउला कावासोती तर २ बर्ष पछि तिमीले मलाई इच्छा मृत्युको लागि सुइ लगाउन पर्छ र हिड फोन अफ गरेर हामी कतै जाउ। मैले यति भने पछि त विशवास गर्ने नैल भए होइन? कस्ले सक्छ आफुनो मानछेलाई मर्न कस्ले दिनछ र।
उ १८ गते बुटवल गयो र जहाजमा मलाई नभेटेर। उस्ले घर गएर फोन गरेको थियो। बिहेको लागि मामा आमा अर्घाखाँचीबाट आउँदै गरेको बतायो। तमिलिे भन म के गरम। तिमीले हुन्न भने मैले बिहे गर्दिन भन्यो। बिहेको फिक्स भएर पनि उस्ले सबै कुरा भन्यो। खोई किन हो। मैले प्रतिभासंग बिहे हुदै छ भन्ने थाहा पाएँ। उस्ले चैत्र महिनामा भुपेन्द्रले ल्याइदिएको मोवाइल अरुको हो भनेर मेरो मोवाइल लियो। प्रत्येक दिन मेल लेख्छु, फोन गर्छु उस्ले बाचा गरेको थियो।
२१ गते काठमाण्डौ गएर सपिङ गर्दैगर्दा मलाई भन्दै थियो हस्पिटल बोन म्यारोको स्यामल दिदै छु। शायद बिहेको सपिङ हुदै थियो त्यसैले फोन उठाएन। उस्ले। त्यति बेला नै मैले अधिवक्ता दिपक भट्टराईलाई फोन गर्न लगाएको थियो। उसले क्यान्सर भएको नै हो भने पछि म नि पछि हटें।
त्यही दिन रामले फोन उठाएर पाँच बर्ष अगाडिको सम्बन्ध उल्टाछौ भन्दा बल्ल थाहा भयो लक्ष्मण वास्तब मै मसंग झुट बोलेको। बुटवल लगायत केही ठाउको पत्रकारहरुले सपोट दिए म भने पछाडी हटे। खासमा म सोझो मान्छे कुन मान्छेले क्यानसर भयो भनेर सम्वन्ध टोड्छ। कति बर्ष देखि उस्ले मलाई शारीरिक रुपमा मात्र उपभोग गरेको रहेछ। मैले यो कुरा लेख्दै गर्दा मेरो ब्यत्तिगत चरित्रमा प्रश्न उठाउनेहरु धेरै। होलान तर म जस्ता अरु कति महिलाहरु शिकार भए होलान। ऊ पत्रिकामा महिलाहरुको पक्षमा ओकालत गर्ने मानछे हो लक्ष्मण श्रेष्ठ। उस्ले धेरै पत्रिकामा सिनियर पोष्टमा रहेर लेखेको छ।
मैले सबै कुरा बिश्वास गरेर शंकर दाईलाई भनेको थिए। मैले गशेष दाईलाई सबै कुरा होइन भनेको भए नि सहज हुन्थ्यो भन्दा उहाले छोराको कसम खानुभयो। शंकर दाईसंग त मेरो गुनासो केही छैन जो निकट छ त्यस्को गल्ति देख्ने त अझैसम्म कुनै आँखा छैन। शायद मेरो कमजोरी नै देखिन्छ। पुरुषवादी चिन्तन भएको समाज हो यहाँ मै हु भन्ने भौतिकबादीहरु त जातियताको नाममा एउटा महिलालाई उपभोग गर्छन भने अरुको त के कुरा गर्ने र ? उसले मलाई केही भनेको छैन। उसको जीवनसंग लिनु केही छैन। तर पनि अरुले लेखेको, अरुले भनेकोमा मलाई किन दोषी मान्छ । मैले उस्को हरेक कुरालाई गौण रुपमा हेर्दा ऊ त्यस्तो झुट बोल्ने मान्छे जस्तो लाग्दैन तर झुट बोलेकै हो सम्झौताकै लागि बिहे गरेको हो भने मसंग प्रत्यक्ष किन कुरा गर्दैन त ?

You might also like
Loading...