अमेरिका बन्दुक आक्रमण: डेटनमा भएको अर्को घटनामा नौ जना मारिएको पुष्टि, आक्रमणकारीको पनि मृत्यु


अमेरिकाको ओहायो राज्यको प्रहरीका अनुसार ओरेगनमा भएको बन्दुक आक्रमणमा नौ जनाको मृत्यु भएको र कम्तीमा १६ जना घाइते भएका छन्।




ओरेगनको डेटनस्थित एउटा मदिरालयबाहिर भएको उक्त घटनाबारे पहिलो विवरण स्थानीय समयानुसार १:०० बजे (नेपाली समयानुसार बिहान १०:४५ बजे) प्राप्त भएको थियो।

आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको प्रहरीले पुष्टि गरकेो छ। घटनामा हताहत भएकाहरूलाई स्थानीय अस्पलातमा लगिएको छ।


टेक्सस राज्यको एल पासोमा २० जनाको ज्यान जानेगरी बन्दुक आक्रमण भएको २४ घण्टाभित्रै ओहायो राज्यमा पनि उस्तै प्रकृतिको यो घटना भएको छ।




सम्बन्धित
Loading...