सुआहारा र कालिकाले मनायो विश्व स्तनपान सप्ताह

16

श्याम थापा
सुस्ता २२ श्रावण
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको विभिन्न वडाहरुमा सुआहारा कार्यक्रम बेस नेपाल र कालिका स्वालम्बन सामाजिक केन्द्र कपिलवस्तुले बिश्व स्तनपान सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
सप्ताहको अवसरमा सुस्ता गाउँपालिकाको वडा न १ देखि वडा न ५ सम्मको विभिन्न टोलमा रहेको हजार दिनका आमा र सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्तनपान गराउने तरिका आफ्नो बच्चा स्तनपान गराउदा फाइदाका कुराहरू बारेमा छ्लफल गरिएको थियो ।
सप्ताहको अवसरमा सुस्ता गाउँपालिकाको वडा न ५ पक्लिहवा स्थित बलिनगरमा रयाली गरि कोणसभामा प्रणत गरिएको थियोे । कोणसभामा कालिका स्वालम्बन सामाजिक केन्द्रको आधारभुत स्वास्थ्य परियोजनाका श्याम बुचा मगर,सुआहारा कार्यक्रम बेस नेपालका फिल्ड संयोजक बिना कुमारी चौधरी,बेस नेपालका कार्यसमिति सदस्य अर्बिन्द चौधरी,महिला स्वास्थ्य स्वयंमसेविका रम्भा चौधरी र सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर भागिरथी पालले विश्व स्तनपान सप्ताह बारे धारणा व्यक्त गरेका थिए ।

You might also like
Loading...