उत्पादन परीक्षणका लागि धौवादी फलाम खानीको अन्तिम नमुना चिन पठाईदै


गोपी ज्ञवाली
नवलपरासी, २४ साउन । नेपाल मै फलाम प्रशोधन एवं उत्पादनका लागि नवलपरासीको धौवादीमा फेला परेको फलामखानीको उत्पादन परीक्षणका लागि अन्तिम नमुना चीन पठाउने तयारी भई रहेको छ ।





वर्तमान सरकारको यस बर्षको नीति तथा कार्यक्रममा समावेश गरेका केही महत्वपूर्ण विषयहरु मध्य फलामखानीको ब्यवसायिक उत्खननको पनि रहेकोमा यसले गति लिएको छ । नवलपरासीको धौवादीमा रहेको फलाम खानीको नमुना अध्ययनका लागि अन्तिम नमुना चीन पठाउने तयारी गरिएको छ ।
धौवादी फामखानीबाट लिईएका नमुनाहरुको रासायनिक परीक्षण नेपालमै गरिएको थियो भने मेटालोजिकल परीक्षणका लागि नमुनाहरु गत कात्र्तिकमा चिनमा परिक्षणका लागि पठाईएको थियो ।
अहिलेसम्म गरिएका रासायनिक परीक्षण र मेटालोजिकल परिक्षणको परीणाम सकारात्मक आए पछि विभागले अन्तिम परीक्षण जसलाई उत्पादन परिक्षण भनिन्छ सोको अनुसन्धानका लागि नमुना चीन पठाउन लागिएको खानी तथा भुगर्व विभागकावरिष्ठ मेटालोजिकल ईन्जीनियर कृष्ण देव झाले बताए ।
मेटालोजिकल परिक्षणका लागि पहिलो चरणमा ४२ प्रतिशत धाउ भएका नमुनाहरु र दोस्रो चरणमा ३२ प्रतिशत धाउ भएका नमुनाहरु चिनको प्रयोगशालाम पठाईएका थिए । दुबै प्रकारका नमुनाहरुबाट उच्च प्रकारको फालाम उत्पादन गर्न सकिने परिणाम आएको ईन्जीनियर झाले बताए ।
३२ प्रतिशत भन्दा माथि धाउ भएका नमुनाहरुबाट राम्रो फलाम उत्पादन गर्न सकिने परिणम आए पछि फलाम परिक्षणमा खटेका विशेषज्ञहरु समेत उत्साहित भएको विभागले जनाएको छ ।
पछिल्लो समयमा गरिएको मेटालोकिल परिक्षण गर्नेका लागि दुई चरणमा गरि १३ सय किलोग्राम नमुना चीन लगिएको थियो भने यस पटक उत्पादन परिक्षणका लागि खानीबाट लिईएका विभिन्न नमुनाहरुको संकलन गरि ५० टन कच्चा पदार्थ चिनमा नै लैजाने तयारी अन्तीम चरणमा रहेको खानी तथा भुगर्व विभागका वरिष्ठ डिविजन भुगर्वविद्ध नारायण बास्कोटाले गोरखापत्रलाई बताउनु भयो ।भुगर्वविद्ध नारायण बास्कोटाका अनुसार औधोगिक परिक्षण (उत्पादन परिक्षण) का लागि न्युनतम ५० टन नमुना आवश्यक पर्ने गर्दछ ।
चीनमा गरिने यस पटकको उत्पादन परिक्षणबाट पछि नेपालमा प्रशोधनका लागि के कति कच्चा पदार्थ आवश्यक पर्ने, कति क्षमताको उद्योग स्थापना गर्नु पर्ने, कुन रासायन कति प्रतिशत मिसाउनु पर्ने लगाएतका तथ्यांकहरु तयार हुने बताईएको छ । यसरी तयार पारिए पछि स्पोन्स आयरन नेपालमा नै तयार हुने छ । त्यस पछि नेपाल मै फलामको ब्यवसायिक उत्पादन पनि शुरु हुने छ ।
खानी तथा भुगर्व विभागका भुगर्व विज्ञ नारायण बास्कोटाको नेतृत्वमा नवलपरासीको धौवादी डाँडामा पछिल्लो ५ वर्ष देखी फलामको सम्भाब्यता अध्ययनमा विज्ञको टोली खटदै आएको छ । अध्यन टोलीले नवलपरासीको हुप्सेकोट गाँउपालिकाको वार्ड नम्बर ५ मा पर्ने पोखरी देखी धौवादी विचको कुईखोला र खाल्टे (राम्चे) लाई केन्द्र बनाएर विस्त्रित अध्यन गरेको छ ।
पोखरी देखी धौवादी विचको कुईखोला र खाल्टे (राम्चे)को ४ किलोमिटरको लम्बाई क्षेत्रलाई केन्द्र बनाएर विस्त्रित रुपमा नमुना संकलन तथा टोफोग्राफी अध्यन गरिएको खानी तथा भुगर्व विभागका वरिष्ठ डिविजन भुगर्वविद्ध नारायण बास्कोटाले बताउनु भयो । विज्ञ वास्कोटाका अनुसार २ सय ५० हेक्टेयर क्षेत्रफलमा चेनल सेम्पलिङ विधिबाट २० स्थानबाट नमुना संकलन गरिएको हो । विस्त्रित अध्यनको क्रममा २० स्थानबाट ३ सय भन्दा धेरै नमुनाहरु संकलन गरिएको छ
३० प्रतिशत आयरनको मात्रा रहेको भए न्युन गुणस्तरको, ४० देखी माथि ६० प्रतिशत आयरन भए मध्यम गुणस्तरको र ६० प्रतिशत भन्दा माथि आयरनको मात्र फेला परे उच्च गुणस्तरको फलाम रहेको हुने प्राविधिकहरुको भनाई रहेको छ । अहिले सम्मको अध्यनले नवलपरासीको यस फलाम खानीमा मध्य गुणस्तरको फलाम रहेको छ ।




सम्बन्धित
Loading...