वीरेन्द्र र परिवारको सम्पत्ति दुरुपयोग


काठमाडौं : पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार ५६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ। ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ। काठमाडौंको चार हजार ४३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो।



यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको समाचार अन्नपूर्ण दैनिकमा छ।

ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन।



ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ। कतिपय स्थानमा सरकारी कार्यालय बसेका छन् कति स्थानका जग्गा बेवारिसे छ।



सम्बन्धित
Loading...