सहमति जुट्न नसक्दा नेकपा सचिवालय बैठक फेरि स्थगित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ ।

स्कुल विभागमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी नमिल्दा बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बस्न नसकेको हो ।




स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बुधबार बिहान पनि छलफल भएको थियो ।

सहमति जुट्न नसेकपछि आजका बोलाइएको बैठक बिहीबारका लागि सरेको छ । सचिवालय बैठक स्थगित भए पनि दुई अध्यक्षको परामर्श भने जारी रहने बालुवाटार स्रोतले जनाएको छ।




सम्बन्धित
Loading...