नेपाल मगर लेखक संघ नवलपुरमा विरकट्टा

19

कावासोती । मगर लेखकहरुको जिल्ला भेलाबाट टक बिरकट्टा मगरको अध्यक्षतामा नेपाल मगर लेखक सँघ नवलपुरको गठन भएको छ ।
कावासोतीमा भएको भेलाबाट बिरकट्टाको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको गठन भएको हो । जसको उपाध्यक्षमा पबित्रा थापा मगर, सचिवमा प्रेमध्वज गाहा मगर, कोषाध्यक्षमा शारदा झेँडी मगर र सह सचिवमा यम सारु मगर चयन भएको छ ।


त्यस्तै सदस्यहरुमा झबिन्द्र खण्डलुक मगर, हिमकुमार थापा मगर, रुजन लुङ्गेली मगर र दिलु थापा मगर चयन भएका छन् ।
नेपाल मगर लेखक सँघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष खड्क आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर लेखक सँघ मगर ढुट भाषिक उपाध्यक्ष हेमा आले मगरको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाल मगर लेखक सँघका सँस्थापक महासचिव उजिर रानाको बिशिष्ट आतिथ्यता तथा सँस्थापक सदस्य जनक माकीम मगरको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाल मगर लेखक सँघ गण्डकी प्रदेश समितिका सदस्य भोजप्रसाद खण्डलुकले गरेका थिए ।

You might also like
Loading...