माेती जयन्तीकाे अवसरमा साधना सङ्गम, नवलपुरकाे ४३ अाैं श्रृङखला

16

१५४ अाैं माेती जयन्तीकाेे अवसरमा साधना सङ्गमकाे ४३ अाैं श्रृङखला कावासाेतीमा सम्पन्न भएकाे छ । भाद्र १३ गते भाद्र कुशेअाैंशी तथा माेतीराम भट्टकाे जन्मजयन्ती परे पनि १४ गते शनिवारकाे दिन उक्त कार्यक्रम गरिएकाे हाे । साधना सङ्गम, नवलपुर र साहित्य कुञ्ज, नवलपरासीकाे संयुक्त अायाेजनामा माेती विशेष तथा रचना वाचन कार्यक्रम गरिएकाे हाे ।

साहित्य कुञ्ज, नवलपरासीका अध्यक्ष सूर्य प्रसाद भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कवि दीपक साेती, सदानन्द अभागी, कृण्णादेवि शर्मा, लाेकनाथ खरेलकाे विशेष उपस्थिति रहेकाे थियने ।

कार्यक्रममा कविहरूले माेतीराम भट्टकाे चर्चा, परिचर्चा गर्नुका साथै रचना वाचन गरेका थिए । साधना सङ्गम, नवलपुरले प्रत्येक महिनाकाे एउटा शनिवार साहित्यिक श्रृङखला चलाउदै अाएकाे छ । कार्यक्रम कावासाेती स्थित कावासाेती सेन्ट जाेसेफ विद्यालयमा गरिएकाे हाे ।

You might also like
Loading...