साहित्य परिषद, नवलपरासीको आयोजनामा १५४ औ मोति जन्यती,स्रस्टा सम्मान साथै कृति विमोचन

16

नवलपरासी । साहित्य परिषद नवलपरासीको आयोजनामा मोतिलाल बहुमुखी क्याम्पस बडेरामा १५४ औ मोति जयन्ती एवम श्रष्टा समान कृति विमोचन तथा काब्यपाठ समारोह सम्पन्न भएको छ।डा श्याम प्रसाद न्यौपानेको अध्यक्षता,बलमालिराज खनालको प्रमुख आतिथ्यता, हिमालाल ज्ञावाली र रमेश समर्थनकको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा साहित्यको क्षेत्रमा बिशेश योगदान दिएको भन्दै साहित्यकार रामहरी अधिकारिलाइ सम्मान गरियो।

साथै साहित्यको क्षेत्रमा उदाउदा होनहार स्रष्टा मुक्तककार कृष्ण पौडेल समर्पणको पहिलो कृति मुक्तक संग्रह “समयको खेल” पनि बिमोचन गरिएको छ्। कृतिमा समाजको बिकृती बिसंगती र जीवनका काल्पनिक तथा यथार्थ बिषयको चित्रण गरिएको छ।कार्यक्रममा बोल्दै साहित्यमा आफू पनि केही गर्ने हेतुले आफ्नो बलबुद्धिले सके सम्म साहित्यको क्षेत्रमा योगदान दिने बताउदै आफ्नो पहिलो कृति बजारमा ल्याएको मुक्तककार समर्पण ले बताउनु भएको छ।त्यसै गरि कृतिको बारेमा केही बिश्लेशन तथा समालोचना प्रमुख अतिथी बलमालिराज खनालले गर्नु भएको थियो।

मोतिजयन्तीकै अवसरमा कृष्ण क्षेत्री नेपाली मान्छे,रेश्मिराज पान्डेय,तिलक भट्टराई अन्जान,जनक पान्डेय प्रेमिल,काशिनाथ पान्डे,भविस्वर चापागाइ,दुर्गा भुसाल,कुसुम चापागाइ,दिर्घनाथ गौतम,यम सापकोटा,बाबुराम मुसाधिर लगाएत ५० भन्दा बढी श्रष्टाले आफ्नो रचना वाचन गर्नु भएको थियो।
कार्यक्रममा मोतिराम भट्टले साहित्यमा सानै उमेरमै अमुल्य योगदान दिएको भन्दै कार्यक्रम सहभागी स्रस्टाले खुलेरै आफ्नो धारण राख्नु भएको थियो।भने तिलक अन्जान भट्टराईको स्वागत मन्तब्य र साहित्य परिसद नवलपरासीका सहसचिव यमजित मल्लको कार्यक्रम सन्चालनमा साहित्य काव्यपाठ गरेर कार्यक्रम सम्पन्न भएको थियो।

You might also like
Loading...