मोरङको कानेपोखरीमा बर्डफ्ल्यु, कुखुरासहितका पंक्षी मारियो


मोरङको कानेपोखरीमा बर्डफ्ल्युको संक्रमण भेटिएपछि त्यहाँका पंक्षी मार्न थालिएको छ।  कानेपोखरी-३ हरकपुरको यसोधरा कृषि फर्ममा पलिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ का प्रमुख सुशील अधिकारीले जानकारी दिए ।




त्यस फर्ममा रहेका कुखुरा बिहीबार मरेपछि पशु प्रयोगशाला बिराटनगर र केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्ल्यु भएको पुष्टि गरेको थियो । रोगको संक्रमण भएको भन्दै सोमबार फर्ममा पालिएका २२२ पंक्षी नष्ट गरिएको हो ।




फर्मका संचालक प्रसाद मिश्रका अनुसार २ दिनअघि नै २ सय भन्दा बढी पंक्षी मरेका थिए ।  प्रमुख अधिकारीका अनुसार  रोगको संक्रमण फैलिएको स्थानमा सिल गरिने भएको छ । सोमबार नै फर्ममा रहेको १५ क्विन्टल कुखुराको दानाको कच्चा पर्दाथ र ४ मन दाना नस्ट गरिएको छ ।




सम्बन्धित
Loading...