नवलपरासीको बुलिङ्गटार गाउँपालिका कर्मचारी विहीन


पत्रपत्रिका, 




खगराज सापकोटा, 
नवलपरासी । देश संघीयतामा गएपछि गाउँमै सिंहदरबारको सपना देखेका नवलपरासीको बुलिङटारबासीलाई यति बेला कागलाई बेलपाक्यो हर्ष न विस्मात जस्तै भएको छ ।
स्थापनाकालमा केही समय कर्मचारीहरुश्र गाउँपालिकामा बसेको भए पनि अहिले गाउँपालिका निजामति कर्मचारी विहीन भएको खबर हुलाकी दैनिकमा छ ।





६ वटा वडा रहेको गाउँपालिकामा ३० जनाको दरबन्दी भए पनि हाल कुनै पनि कर्मचारी नहुँदा प्रशासनिक कामकाज ठप्प भएको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए ।
गाउँपालिकामा लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत मात्रै थिए ति मध्ये पनि लेखा अधिकृत रघुनाथ काफ्लेको जिल्ला अदालत नवलपुरमा सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृत ढुंगाना पनि एक हप्तादेखि गाउँपालिका बाहिर गएको हुनाले सिंगो गाउँपालिका नै कमैचारी विहीन भएको अध्यक्ष वस्ताकोटीले बताएका छन् ।




सम्बन्धित
Loading...