नवलपरासीको हुप्सेकोटमा देजमो र क्रान्तिकारी युवा लिग गठन


यमबहादुर सोमै मगर
नवलपरासी, २४ भाद्र ।
नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र क्रान्तिकारी युवा लिगको हुप्सेकोट गाउँपालिका स्तरीय कमिटि गठन भएको छ ।

टिकाराम काफ्लेको अध्यक्षता र सञ्चालनमा भएको भेलाले कमिटि गठन गरेको हो । हुमबहादुर घर्ति मगरको संयोजकत्वमा देजमोको १५ सदस्यीय गाउपालिका कमिटि र क्रान्तिकारी युवा लिगको १३ सदस्यीय कमिटि निर्माण भएको हो ।
भेलामा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम थापा, देजमो नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारी लगायतले प्रशिक्षण दिएका थिए ।







सम्बन्धित
Loading...