बालकक्षाका सहजकर्ता तलब नबढेको भन्दै सहजकर्ताहरु आन्दोलित

14

नवलपरासी, २४ भदौ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा रहेको बाल कक्षाका सहजकर्ताहरुले सरकारले आफूहरुको तलब वृद्धि नगरेको भन्दै आन्दोलन थालेका छन् ।
उनीहरुले तलब वृद्धिको माग गर्दै बुलिङटार गाउँपालिकामा ज्ञापन पत्र बुझाएर गाउँपालिका भित्रका सामुदायिक विद्यालय मंगलबारका लागि बन्द समेत गराए ।
सहजकर्तालाई संघीय सरकारले मासिक ६ हजार तलब दिने गरेको छ भने कतिपय विद्यालयले केही रकम थप गरेर दिने र केही स्थानीय तहले तलब थप गरिदिने गरेका छन् ।

यस बर्ष सरकारले अन्य क्षेत्रका कर्मचारीहरु तथा शिक्षकहरुको तलब बढाए पनि आफूहरुको नबढाएका कारण आन्दोलित हुनु परेको संघर्ष समितिका अध्यक्ष वसन्ती विकले बताइन् ।
जिल्ला शिक्षा तथा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले विहान विद्यालय बन्दको हल्ला आए पनि केही विद्यालय बन्द भएको तर अधिकांश विद्यालय भने खुलेको बताए ।

You might also like
Loading...