क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष राउत दुर्घटनामा घाइते





रमेश महतरा
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय अध्यक्ष इन्द्र राउत बुधबार दुर्घटनामा परी घाइते भएका छन् ।
उनको खुट्टामा चोट लागेको क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले बताए ।
अध्यक्ष राउतलाई भक्तपुरमा स्कुटीले ठक्कर दिएको थियो । उनको अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भईरहेको छ ।
यसैबीच क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले एक वक्तव्य जारी गरी अध्यक्ष राउतको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।




सम्बन्धित
Loading...