ढुंगा ल्याउँदै गरेको ट्याक्टर बरामद

8

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाबाट कावासोती नगरपालिकाको तिर ढुंगा ल्याउँदै गरेको ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा चोरी निकाशी गरी ढुंगा ल्याउदै गरेको अवस्थामा कावासोती १६ डण्डाबाट ना ६ त ३३९३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल चोरमारा बेस क्याम्पले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्याक्टर अहिले सशस्त्र प्रहरी बल चोरमारा बेस क्याम्पमा राखिएको छ ।

You might also like
Loading...