नवलपरासीको गैडाकोटमा स्कूल बस र ट्रक ठक्कर खाँदा दुई जना घाइते

14

नवलपरासी, २९ भदौ । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बस र ट्रक एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट १२ हर्कपुरमा नमुना कलेज गैडाकोटको विद्यार्थी छाडेर फर्कदै गरेको ना १ प ५७५८ नम्बरको बस र ना ४ ख ४१२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बस चालक गैडाकोट ४ निवासी ४२ बर्षका श्रीराम रिमाल र ट्रक चालक देवचुली नगरपालिका २ बस्ने २७ बर्षका सुनिल विकको घाइते भएका छन् । विकको अवस्था गम्भीर रहेको उनको टाउको र मुखमा चोट लागेको छ भने बस चालक रिमालको टाउकामा सिसाले काटेको छ । दुवैको असव्था गम्भीर रहेको छ । बस चालकको नयाँ मेडिकल कलेज र ट्रक चालकको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...