नेपाल लाङ्घाली एकता समाज कावासोतीमा रामबहादुर

17

कमला राना मगर

कावासोती । नेपाल लाङ्घाली एकता समाज कावासोती वडा नम्बर ८ को अध्यक्षमा रामबहादुर राना मगर पुनः चयन भएका छन् ।

कावासोतीमा भएको तेस्रो अधिवेशनले रामबहादुर राना मगरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समीति सर्वसम्मत रुपले चयन गरेको हो ।

जसको उपाध्यक्षमा आशमाया आले मगर, सचिवमा यमबहादुर थापा मगर, सह सचिवमा दिपा थापा मगर र कोषाध्यक्षमा इन्द्र बहादुर राना मगर र सह कोषाध्यक्षमा शेर बाहादुर खण्डलुक मगर चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दीवान सिङ्ग थापा मगर, करम सिङ्ग थापा मगर, कमला मिधुन मगर, कमला राना मगर लगायत ११ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन भएका छन् ।

नेपाल लाङ्घाली एकता समाजका अध्यक्ष रामबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरीक एवम् समाजसेवी लुराकान्ता थापा, सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना मगर, बाबुराम राना मगरले शुभकामना मन्तव्य राखेका थिए ।

You might also like
Loading...