नवलपरासीमा केरा उत्पादक सघंले अबैध रकम असुली


श्याम थापा
नवलपरासी (सुस्ता) । केरा किसानहरुको हक हितका लागी भनेर दर्ता गरिएको पश्चिम नवलपरासीको केरा उत्पादक सघंले केरा ब्यवपारीहरु संग अबैध रुपमा रकम असुली गरि रहेको छ ।
संघले सुस्ता गाउँपालिकाको नर्सही र पक्लिहवाका केरा किसानहरुबाट खरिद गरेर ल्याएको केराहरुको गाडी अर्थात पिकअप भ्यान भन्ने गाडीबाट २ सयको दरले खेलेआम रुपमा अवैध तरिकाले रकम असुली गरेका छन् ।
संघले प्रत्येक गाडीको ५० रुपैयाका दरले पाउने गरि रकम असुली गर्न मान्छे खटाएको छ । केरा उत्पादक सघं नवलपरासीको सहयोग रसिद लिएर सुस्ता गाउँपालिकाको वडा न.५ पक्लिहवाको बलिनगर र सोही गाउँपालिकाको वडा न.४ नर्सहीको ९ नम्बर ठोक्कर स्थित बिगैप बाधमा केराहरुको गाडी रोकी अवैधरुपमा रकम असुली गरिरहेको स्थानिय केरा किसानहरुको भनाइ रहेको छ ।
आफुहरु संग खरिद गरेर लगेको केरा ब्यवपारीहरुसंग गाडीको २ सयका दरले सघंले उठाउदा केरा किसानहरु थप मर्कामा परेको केरा किसानहरुले बताउछन । गत बर्ष पनि केरा उत्पादक सघं नवलपरासीका मुख्य पदाधिकारीहरु मिली रकम असुली गरेर आफनो खल्ती भर्ने कार्य गरेको थियो ।
गत बर्ष झै यस बर्ष पनि सोही ढाचा अनुसार सघंको नाउँमा मानोमानी रकम असुली गरिरहेका छन । सुस्ताको नर्सही र पक्लिहवा गरि दैनिकी रुपमा ४५ देखी ५० पिक अप गाडी केराहरु बुटवल, नारायणघाट, दाङ्ग, पोखरा र काठमान्डौ जस्ता शहरका बजारहरुमा जाने गरेको छ ।
यसरी दैनिकी रुपमा ४५ देखी ५० गाडीको २ सयका दरले अबैध रुपमा रकम असुली गरि सघंका पदाधिकारी अर्थात अध्यक्ष, सचिव र कोषाध्यक्षले आफनो खल्ती भर्ने कार्य गरिरहेको सुस्ता ४ नर्सहीका एक केरा किसानले बताए ।







सम्बन्धित
Loading...