भारतीय केराको अबैध आयातका कारण नेपाली केरा किसान मर्कामा


 




गोपी ज्ञवाली
नवलपरासी । चाडवाड नजिकिदै गर्दा लामो खुला सिमाना रहेको पश्चिम नवलपरासीको विभिन्न स्थानबाट अनियन्त्रित रुपमा भारतबाट आउने अबैध केराका कारण नवलपरासीका केरा उत्पादन किसानहरु मर्कामा परेका छन ।
खुला सिमानाको फाईदा उठाउदै नवलपरासीका विभिन्न स्थानबाट अनियन्त्रित रुपमा भारतीय अबैध केराको आयातले नेपाली केरा उत्पादक किसानहरु मर्कामा परेका छन । पश्चिम नवलपरासीको त्रिवेणीदेखि विसुनपुरासम्मको करिब ३० किलो मिटरको भारतीय खुल्ला नाकाको फाईदा उठाउदै भारतबाट अबैध केरा नेपाल भित्रिने क्रम तिब्र गतिमा बढे पछि नेपालका केरा उत्पादक किसानहरु मर्कामा परेको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।
पछिल्ला केही वर्षदेखि उखु किसान र चिनी मिल बीच सम्बन्ध विग्रीदै गए पछि नवलपरासीका अधिकांश किसानहरुले ऊखुको स्थानमा व्यवसायिक केरा खेती गर्न थालेका हुन । पश्चिम नवलपरासीको सुस्ता, प्रतापुर, सरावल, विनयी त्रिवेणी, पाल्हीनन्दन गाँउपालिका एवं रामग्राम नगरपालिकाका सयौं किसानहरुले पछिल्ला चार पाँचवर्षदेखि व्यवसायिक केरा खेती गर्दै आएका छन ।
किसानहरुले ऊखु खेती छाडेर व्यवसायिक रुपमा केरा खेती गर्न थालेको भए पनि सरकारको अनुदान अभाव, भारतीय केराको अनियन्त्रित आयातका कारण नेपाली केरा उत्पादक किसानहरु मर्कामा परेको नवलपरासी केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष यादवले बताए ।
चाडवार्डको आवसर पारेर अहिले नवलपरासीको विभिन्न नाकाबाट वा खेतको बाटो चोरी निकासी गरी भारतीय केरा नेपाल आउने र नेपाल भित्र विभिन्न स्थानमा संकलन गरी अबैध भारतीय केरा नेपालका ठुला शहरहरुमा पुग्ने गरेको स्रोतले जनाएको छ ।
पश्चिम नवलपरासीको ५ वटा गाँउपालिका र एक नगरपालिकाका खैरेटहवा, सोमनी, जमुनिया, खैरहनी, प्रतापपुर, सुर्यपुरा, बैदौली, श्रीरामपुर, गुहरपर, बदरी पीपरपाती, बलुवा टोला, पक्लिहवा, नर्सही, कुडिया, रुपौलिया, त्रिवेणीको वनकट्टी, जितपुरगढी, रानीनगर लगायतका क्षेत्रमा गरी करिब १५ सय भन्दा बढी किसानहरुले व्यवसायिक केरा खेती गरेको नवलपरासी केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष यादवले बताए ।
पश्चिम नवलपरासीमा मात्र १५ सय विगाहाभन्दा बढी क्षेत्रफलमा गरिदै आएको केरा खेतीमा सरकारको लपरवाही, बजारको समस्या, निर्वाद भारतीय सस्तो केराको आयात लगायतका समस्याले नवलपरासीका केरा खेती गरिरहेका किसानहरु मर्कामा परेको केरा उत्पादक किसानहरुले बताउँदै आएका छन ।
केही समय पहिला नवलपरासीका केरा उत्पादक किसानहरुले सस्तो मूल्यको भारतीय केरा निर्वाद रुपमा नेपाल आउने गरेकाले नेपाली किसानहरु मर्कामा पर्नु परेको, सरकारले केरा उत्पादक किसानहरुलाई विउ, मल, सिचाई लगायतका अत्यावश्यक बस्तु उपलब्धि गराउनु पर्ने, नवलपरासीको दक्षिणी क्षेत्रमा केराको राम्रो सम्भावना भएको भए पनि केरा संकलन एवं वितरण केन्द्रको अभावका कारण किसानहरु समस्यामा पर्ने गरेको लगायतका माँग राख्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई ज्ञपान पत्र बुझाएको भएपनि समस्याको सामाधान अहिले सम्म हुन नसकेको बताईएको छ ।




सम्बन्धित
Loading...