गएरातिको बर्षाले हुप्सेकोटको जुल्पे कुलो भत्कायो

33

नवलपुर । गएरातिदेखिीपरेको अविरल बर्षाका कारण हुप्सेकोट गाउपालिका ३ बेलहानीमा कुलो भत्किएको छ ।
लगातार परेको बर्षाले हुप्सेकोट ३ बेलहानी हुँदै गिरुवारी, जुल्पेटार, कोलिया, बसन्तपुरसम्म सिचाइ हुने जुल्पे कुलो भत्काइ दिएको हो ।
कुलो करिब पचास मिटर भत्किएको छ । झ्यालबास चोरमारा सडकखण्ड अन्तर्गत हुप्सेकोट तिनमा रहेको ठूलो चौतारी नजिकैबाट कुलो भत्किदा करिब ४० देखी ५० हेक्टर जमिनमा सिचाइको असर पर्ने हुप्सेकोट ३ का कृषक रेशमलाल पाण्डेले बताए।

You might also like
Loading...