अफगानी राष्ट्रपतिको चुनावी र्‍यालीमा आत्मघाती आक्रमण , २४ को मृत्यु





भदौ ३१ -अफगानिस्तानमा राष्ट्रपति असरफ घानीको चुनावी र्‍यालीमा आत्मघाती आक्रमण भएको छ । सेप्टेम्बर २८ मा हुन लागिरहेको चुनावका पुन राष्ट्रपति बन्न उम्मेद्वारी दिइका घानीको चुनावी प्रचारमा आत्मघाती आक्रमण गराईएको हो । आज मंगलबार दिँउसो चुनावी प्रचारप्रसारका लागि चरिकार सहरमा भएको फ्यालीमा आत्मघाती आक्रमण भएको हो । जुन आक्रमणमा परि २४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । ¥यालीमा घानी पनि उपस्थित रहेका थिए तर उनलाई भने कुनै क्षति भएको छैन तर २४ जना नागरिकको भने ज्यान गएको छ ।

बिस्फोटको जिम्मा कसैले लिएका छैनन् तर अफगानिस्तानमा पछिल्लो समय संघर्ष गरिरहेका तालिवानले उक्त आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । पछिल्लो पटक अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले तालिवानसंगको वार्ता रद्ध गरेपछि तालिवानले आफनो आक्रमणको श्रृङखला थप बढाईरहेको छ । यता तालिवानले आगामी चुनावमा सर्वसाधारणको सहभागीता नहोस भन्ने उदेश्यले विभिन्न आक्रमण गराईरहेको छ ।




चुनाव हुन नदिने तालिवानले आफनो रणनीति बनाएको छ । स्मरण रहोस बिगत १८ बर्षदेखि अफगानिस्तानमा अमेरिकी सेनाको परेड चलिरहेको छ । तालिवानसंग वार्ता गरेर अमेरिकाले सेना फिर्ता लिने तयारी थियो तर पछिल्लो पटक तालिवानको आक्रमण परि विभिन्न नागरिकतसहित एक जना अमेरिकी सेनाको पनि ज्यान गएपछि ट्रम्पले उक्त वार्ता रद्ध गरेका थिए । एजेन्सीको सहयोगमा




सम्बन्धित
Loading...