काभ्रेमा पहिरोले घर पुरिँदा ४ वर्षीय बालकको मृत्यु

26

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका-४ फेदीमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

अविरल वर्षासँगै बुधबार बिहान करिव ६/ ७ बजेतिर आएको पहिरोले टेक बहादुर लामाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

घटनामा उनका चार वर्षीय छोरा सजन लामाको मृत्यु भएको छ । पहिरोको आएको बेलामा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको गिरीको भनाइ छ ।

You might also like
Loading...