आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी १० औं बर्षमा

94

नवलपरासी । आदिवासी जनजातिहरुमा बचत गर्ने बानी बसाल्न सके आर्थिक पाटो बलियो बन्न सक्ने नेपाल सरकार अर्थमन्त्रालय युवा तथा साना ब्यवसाय स्वरोजगार कोष अनुगमन तथा मुल्यांकन संयोजक प्रितम भुजेलले बताएका छन् ।
शुक्रबार कावासोतीमा आयोजित आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी सस्थाले शुक्रबार आफनो ९ औ साधारण सभालाई सम्वोधन गर्नुहुदै संयोजक भुजेलले आफनो आम्दानीलाई सहि बचत र लगानी गर्न सके आदिवासी जनजातिहरु सवल बन्न सक्नेमा जोड दिए ।
आदिवासी जनजाति सहकारी बाट नै अहिले बुद्ध दर्शन टेलिभिजनको स्थापना हुन सफल भएको भन्दै अव पछिल्ला दिनहरुमा पनि यसरी नै सस्थाको उन्नतीका लागि शुभकामना समेत ब्यक्त गरे ।
सस्थाका अध्यक्ष रुद्र बहादुर गुरुङको अध्यक्षतामा आयोजित सभामा समाजसेवी नरबहादुर ठाडा मगर, देवीसरा पुलामी मगर, जगतकाजी गुरुङ, पार्वती गुरुङ, महाराजा बचतका अध्यक्ष प्रेम राना, भुपु कल्याणकारी सस्थाका अध्यक्ष राम बहादुर राना, मोहन बाकवल, बुद्धि बहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक र असल ऋणी, वचत कर्तालाई खादा लगाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष रुद्र बहादुर गुरुङले आदिवासी जनजातिहरुको हक र अधिकारका लागि स्थापित यस सस्थामा सम्पूर्ण आदिवासी जनजातिहरुको साथ र सहयोग मिलेकोमा खुसी ब्यक्त गर्नुहुदै यस सस्थाबाट अधिकांश आदिवासी जनजातिहरुलाई व्यवसायमा ठुलो सहयोग मिलेको बताए ।
कावासोतीको पुन समाज हलमा आयोजित साधारण सभा कार्यक्रम सस्थका सचिव राम ब्लोन तामाङले सञ्चालन गरेका थिए ।

You might also like
Loading...