मध्यबिन्दुमा १२ जना डेङ्गुका बिरामी भेटिए
गंगा विश्वकर्मा –
नवलपुर, असोज ७ । नवलपुर जिल्लामा डेंगुका बिरामी फेला परेसंगै मध्यबिन्दु नगरपालीकामा पनि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तिब्र पारिएको छ ।
यसैक्रममा आज मध्यबिन्दु ६ भण्डरामा लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान संचालन गरिएको छ ।
मध्यबिन्दु स्वाथ्य शाखा प्रमुख पारेश्वर भुर्तेलले दिएको जानकारी अनुसार हाल सम्म नगरपालीकामा १२ जना डेँगुका बिरामी फेला परेका छन् । यद्यपी संक्रमित बिरामी खतरामुक्त रहेको उहाँले बताउनुभयो । १२ जना मध्ये अझै पनि केही बिरामी अस्पतालमा नै रहेको र अन्य बिरामी उपचारपश्चात घरमा आराम गरिरहेको स्वाथ्य शाखा प्रमुख भुर्तेलले बताए ।
पछिल्लो समय लामखुट्टेको टोकाईबाट हुने डेंगु जरोका बिरामी बढ्दै गएपछि यसको रोकथामका लागि बडा न ६ मा अभिमुखीकरण कार्यक्रम सहित लामखुट्टेको बासस्थान नष्ट गर्ने अभिनाय संचालन गरिएको उनले जानकारी दिए ।
मध्यबिन्दु नगरपालिका ६ मा रहेका मानिसहरुलाई सचेत गराउनका लागि र डेंगु ज्वरो सार्न सक्ने लामखुट्टे बस्ने सम्भावित स्थानको सरसफाईमा ध्यान दिनका लागि स्वाथ्य शाखा प्रमुख भुर्तेलले प्रशिक्षण मार्फत आग्रह गरे।
डेंगुबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीहरूबारेमा समेत भुर्तेलले कार्यक्रम मार्फत नै जानकारी दिए।
लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने भएकाले यसको रोकथामका लागि घरवरपर सरसफाई गर्ने, पानी जम्ने खाडलहरू पुर्ने, सफा पानी जम्ने स्थानहरुलाई सरसफाई गर्ने गर्नु पर्दछ । हातसम्म नगरभित्रका ७ वटा बडामा यस कार्यक्रम संचालन गरिसकेको र टोल टोलमा पनि कार्यक्रमहरु संचालीत रहेको स्वाथ्य शाखा प्रमुख भुर्तेलको भनाई छ ।