जनकल्याण दुग्ध सहकारीको २१ औं साधारण सभा

163

सालिकराम भट्टराई –
कावासोती, ८ असोज । जनकल्याण दुग्ध सहकारी संस्था लि. कावासोती १७ गोछडाटारको २१ औं साधारण सभा भएको छ ।
संस्थाका अध्यक्ष दिपकप्रसाद पौडेलको अध्ययक्षता तथा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले कावासोती नगरपालिकाले किसानहरुलाई प्रोत्साहान गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याइरहेको र यस आर्थिक बर्षको बजेटमा किसानलाई पशुपालनमा आकर्षित गर्नका लागि किसानले दुग्ध सहकारीमा बिक्री गर्ने दुधमा प्रति लिटर १ रुपियाँ थप गरेको उनले बताइन।
दुग्ध उत्पादक कृषकले बिभिन्न किसिमका समस्याहरु भोग्दै आएको र त्यस्ता समस्या समाधानका लागि कावासोती नगरपालिका लागि परेको समेत उनले बताइन।
कार्यक्रममा संस्थाका अध्यक्ष दिपक प्रसाद पौेडेलले संस्थाको बार्षिक प्रगति प्रतिबेदन, सञ्चालक समिति सदस्य नन्दलाल पौडेलले संस्थाको निति तथा कार्यक्रम, संस्थाका ब्यबस्थापक सुर्य प्रसाद पौडेलले संस्थाको बार्षिक लेखापरिक्षण प्रतिबेदन र लेखा संयोजक कृतिका बरालले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अधिक दुध बिक्रेता ३ जना, गुणस्तरीय दुध बिक्रेता दुई जना, नियमित दुध खरिदकर्ता ३ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा कावासोती १७ का वडा अध्यक्ष छबिलाल महतो, जिल्ला सहकारी संघका अध्ययक्ष केशब सापकोटा, जिल्ला दुग्ध संघका गोपाल श्रेष्ठ लगायतले बोलेका थिए ।

 

You might also like
Loading...