क्रान्तिकारी माओवादी निकट मजदुरको जिल्ला सम्मेलन भोलि गैडाकोटमा

121

Photo: Bijay Chalise
Photo: Bijay Chalise

 

नवलपरासी, ९ असोज । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरको जिल्ला अधिवेशन भोलि गैडाकोटमा हुने भएको छ ।
गैडाकोटको श्रीराम पार्टी प्यालेसमा हुने सम्मेलनको तयारी पुरा भएको ट्रेड युनियन महासंघ नवलपुरका संयोजक लोकबहादुर क्षेत्रीले बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले आज विहान कावासोतीमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको बारेमा जानकारी दिए ।

नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाले सम्मेलनमा जिल्लाभरीबाट १ सय जना प्रतिनिधि सहभागी हुने जानकारी दिए ।
सम्मेलन पूर्व भोलि विहान ११ बजे गैडाकोट नगरपालिका गेटबाट कार्यक्रम स्थलसम्म र्याली गर्ने आयोजकले जनाएको छ ।
सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ४ का संयोजक चन्द्रहरि सुवेदी अटलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्त्रकार सम्मेलन क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीको सञ्चालनमा भएको थियो।

You might also like
Loading...