दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत

69

चन्दा गुरुङ – 
नवलपुर ।  प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले मुलुकमा दुई तिहाईको सरकार रहे पनि सकारले उपलब्धी मुलक काम केही गर्न नसकेको टिप्पणी गरेका छन् ।
शुक्रबार समाजवादी पार्टी नवलपुरको आयोजनामा नवलपरासीको कावासोतीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारको नेतृत्वमा रहेकोसँग दुई तिहाईको दम्भ रहेको तर दुई तिहाईको सरकारले गर्न सक्ने काम अनुसारको काम भने नगरेको बताए ।
उनले यो सरकारले आदिवासी जनजाति, दलित, उत्पीडित वर्गको पक्षमा काम गर्न नचाहेको आरोप समेत लगाए ।
उनले नेकपा र नेपाली काँग्रेसको लक्ष्य भनेको सरकारमा टासिरहनु बाहेक अरु नरहेको समेत बताए ।

You might also like
Loading...