गैँडाकोटमा दसैँको शुभकामना आदानप्रदान नारायणी अनलाइन





गैँडाकोट, असोज १३-

गैँडाकोट नगरपालिका–४ ले आज विजयादशमी, दिपावली र छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।


वडाध्यक्ष कृण्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा कांग्रेस नेता मदनभक्त अधिकारीले गैँडाकोट नगरपालिकाको विकासका लागि सबै एकजुट भएर अघि बढेमा विकासको प्रतिफलबाट जनताले लाभ पाउने बताए ।

उनले नेपाली कांग्रेसले गैँडाकोटलाई विकासको पथमा डो¥याउन सबै भन्दा ठूलो भूमिका खेलेको र कांग्रेसको देनले नै गैँडाकोटको विकास अघि बढेको बताए । कार्यक्रममा वडाध्यक्ष न्यौपानेले गैँडाकोट वडा नं ४ को विकासमा आफूले गरेका र भविष्यमा गर्ने कामका बारेमा जानकारी दिँदै यो वडाको विकासमा कुनै पनि ढंगले पछि नपर्ने र सूर्यभक्त अधिकारीको शालिक बनाउने बारेमा छलफल गरी निर्णय गर्ने बताए ।

कार्यक्रममा उच्च अदालतका न्यायधीश धुब्र नन्द, नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट, नेपाली कांग्रेस जिल्ला सदस्य कमला तिवारी, वरिष्ठ समाजसेवी टोलनाथ घिमिरे, नेपाली कांग्रेस नगर उपसभापति शोभाखर रिमाल, ऋषिराम रिमाललगायतका वक्ताहरुले गैँडाकोटको विकासमा सबै बीच कार्यगत एकता कायम हुनुपर्ने बताउँदै शुभकामना दिएका थिए ।




सम्बन्धित
Loading...