दशैंमा खानपिनमा ध्यान पु-याऔं

65

नेपाली उखान नै ‘दशै आयो खाउँला पिउँला’ । नेपाली समाजमा दशैं भने पछि खानपान र मनोरञ्जनलाई जोडेर हेर्ने चलन छ । तर, खानपानमा मिलाउन सकेन भने स्वास्थ्यमा कस्तो असर पर्छ ध्यान दिनु आवश्यक छ । 

स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य तथा चिल्लो पदार्थ बढीभएका परिकार सेवन गर्दा हृदयघात, मस्तिष्कघातजस्ता रोग निम्तिन सक्ने भएकाले खानपिनमा ध्यान पुर्याउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
कावासोतीको नवलपुर अस्पतालकास्वास्थ्य प्राविधिक विष्णु कंडेल भन्छन् – दशैमा खानपानमा विशेष ध्यान दिनुपर्छ । उनका अनुसार चिल्लो, पिरो, मसलेदार खाना कम खाने, झोलिलो पदार्थ बढी खाने, मासु धेरै नखाने । दशैंमा मासु बासी राखेर खाने गर्दा समेत स्वास्थ्यमा असर पर्न जान्छ । त्यसैगरी पोलेका मासु सकेसम्म कम खाने ।
हाम्रो समाजमा दशैजस्ता चाडवाडमा खानपानले बढी महत्व पाउने गर्छन । दशैमा हुने मासु, मदिरा तथा मिठाइको अत्याधिक सेवनले हृदयघात, मस्तिष्कघात जस्ता रोग लाग्न सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
मासुमा चिल्लो र कोलेष्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मृगौला रोगीहरुले मासु खानै नहुने चिकित्सकहरु बताउँछन् । छालामा कोलेष्ट्रोल र चिल्लोको मात्रा बढी हुने हुँदा छाला नखान चिकित्सकहरुले सुझाएका छन् । योसँगै रक्ती, आन्द्राभूँडी टाउकोको सेवन पनि हानिकार मानिन्छ ।
चिकित्सकहरुले बासी मासु नखान र मासु पकाउँदा कम चिल्लोमा पकाउनुपर्ने बताउँछन् । मासु सेवन गरि सकेपछि सागसब्जी, फलफूल गेडागुडी, कागतीको सर्वत लगायत फाइबरयुक्त खानेकुराहरु खान चिकित्सकको सुझाव छ ।
चिकित्सकहरुका अनुसार दशैं अगाडि सामान्य स्वास्थ्य परीक्षणका लागि विरामीहरु आउने गरेका भएपनि दशैं सकिए लगत्तै खानपानका कारण हुने उच्च रक्तचाप, हृदयघात, मुटुको धड्कन विग्रिएका विरामीहरु बढी आउने गर्दछन् । त्यसमा पनि मदिरा र मासुको अत्याधिक सेवनका कारण मुटु धड्कनमा अत्याधिक गडबढी आइ उपचारका लागि आउने विरामीको संख्या अत्याधिक हुने चिकित्सकहरु बताउँछन् ।
दशैं दशा वा रोग निम्त्याउन आएको होइन । तसर्थ दशैको समयमा खानपानमा ध्यान दिइ स्वस्थ्य जीवनशैली अपनाउने तर्फ सबैले ख्याल पुर्याउनु आवश्यक छ ।

You might also like
Loading...