कावासोतीमा महिला सहकारीले सञ्चालनमा ल्यायो कोसेली घर





कावासोती । पूर्वी नवलपरासीको कावासोती २ मा कोसेली महिला उपभोक्ता सहकारी सँस्थाले कावासोतीमा कोसेली घर सञ्चालनमा ल्याएको छ ।
सहकारीले कावासोती नगरपालिकाको कार्यालय अगाडि कोसेली घर सञ्चालनमा ल्याएको हो ।
कोसेली घरको कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रा पुनले उद्घाटन गरिन् । कार्यक्रम सँस्थाकी अध्यक्ष सिता खड्काको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष विष्णु भुषाल, कावासोती नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र देवकोटा लगायत अन्य संघसस्थामा आवद्ध प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
सँस्थाकी उपाध्यक्ष सोमनती सारु मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव लक्ष्मी सापकोटाले गरेका थिए ।
कोसेली घर पसलमा दैनिक उपभोग्य वस्तुहरु पाईने सहकारीले जनाएको छ ।




सम्बन्धित
Loading...