भलिबल प्रतियोगिताको उपाधि नवदुर्गा युवा क्लबलाई

80

कावासोती । विजयादशमीको अवसरमा जनचेतना सामाजिक युवा मन्च कावासोती १ पुर्वी नवलपरासीले आयोजना गरेको जिल्ला स्तरिय खुल्ला बृहत भलिबल प्रतियोगिताको उपाधी नवदुर्गा युबा क्लब भाटटोलाले जितेको छ ।
डि एक्स एन परासी र नवदुर्गा बीच बिहीवार भएको फाइनल खेलमा नवदुर्गाले, डि एक्स एन लाई २५–२२,२५–२१ र २५–१८ सेटमा हराएको हो ।
योसंगै डि एक्स एन नवलपुर भने उप बिजेतामा खुम्चिएको छ । यसैबीच बिजेता र उपबिजेता टिमलाई बिहीवार नै औपचारिक कार्यक्रम गरी पुरस्कार प्रदान गरिएको छ ।
विजेता नवदुर्गा युबा क्लब भाटट्टोलाले नगद रु ४० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता डि एक्स एनले नगद रु २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
समापन कार्यक्रममा आयोजक जनचेतना सामाजिक युबा मन्चका अध्यक्ष तुल बहादुर झेंडिको अध्यक्षता रहेको थियो भने समाजसेवी बिष्णुकुमार कार्किको प्रमुख आतिथ्यता रहेको थियो ।
कावासोती १ रिट्ठेपानी स्थित खेलमैदानमा सम्पन्न फाइनल खेल अत्यन्त रोचक बनेको थियो । प्रतियोगिता गत असोज ११ गते शुरु भएको थियो ।

You might also like
Loading...