विजय विकास स्रोत केन्द्रमा महिला नेतृत्व, लक्ष्मी गौतम अध्यक्षमा चयन

71

गैंडाकोट । विजय विकास स्रोत केन्द्र ९भिडिआरसी० मा पहिलो पटक महिला नेतृत्व चयन गरिएको छ ।
गैंडाकोट ८ मा रहेको केन्द्रको चेतना सदन हलमा भएको केन्द्रको २१ औं अधिबेशनले लक्ष्मी गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा भुमिराज चापागाई, कोषाध्यक्षमा पार्वती कंडेल, सहसचिवमा रेखा श्रेष्ठ चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा दीपनारायण सापकोटा, सीता रिजाल, खड्गजंग गुरुङ, टीकाराम कंडेल र तीला बन अर्जुन चयन भएको निर्वाचन समितिका संयोजक ऋषीराम सापकोटाले जानकारी दिए।
निवर्तमान अध्यक्ष पदेन सदस्य रहने प्रवधान अनुसार निवर्तमान अध्यक्ष हरिलाल सापकोटा सदस्यमा रहनुभएको छ । निर्वाचन समितिमा संस्थाको पद अनुसारको सङ्ख्यामा मात्र आवेदन परेपछि सोही सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको हो ।
नयाँ नेतृत्व चयन गरेसँगै विजय विकास स्रोत केन्द्र ९भिडिआरसी० को ३४ औं वार्षिक साधारण सभा तथा २१ औं अधिबेशन एवम् अनुभव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विगत ४ दशकदेखी सामाजिक विकासमा क्रियाशिल विजय विकास स्रोत केन्द्र देशकै अग्रणी संस्थाको रुपमा चिनिन्छ ।

You might also like
Loading...