बोनम्यारोको सफल उपचारपछि निरज स्वदेश फिर्ता





नारायण प्रभु –
असोज- १७ नवलपुर
पुर्वी नवलपरासी कावसोती २ का निरज गौडेल  बोनम्यारोको सफल उपचारपछि स्वदेश फिर्ता भएका छन।
बिगत छ महिना देखि उनी बोनम्यारो बाट ग्रसित रहेका थिए।भारतको दिल्ली स्थित गङ्गाराम अस्पतालमा सफल उपचार पछि पुर्ण निको भएर उनी बिहिबार नेपाल फर्केका हुन।
११ वर्षीय निरजको घरको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि देश तथा विदेशबाट सहयोग संकलन गरिएको थियो। उनको उपचारका लागि अहिले सम्म २७ लाख ६० हजार खर्च भएको निरजका बुवा श्रीकृष्ण गौडेलले बताएका छन।
आज उनकै निवासमा भएको निरज बचाउ अभियानको समापन तथा स्वागत कार्यक्रममा बोल्दै उनका बुबाले देश तथा बिदेशबाट सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यबाद दिएका छन।
कार्यक्रममा कावासोती २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथी रहेका थिए।पौडेलले बोल्दै कुनै पनि काममा सबै एकजुट भएर लागेमा हरेक समस्यालाई सजिलै समाधान गर्न सकिने बताए।कार्यक्रममा स्थानीय एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम निरज बचाउ अभियानका संयोजक हरि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।




सम्बन्धित
Loading...