कावासोतीका विद्यालयमा चोरी बढ्यो, शिव माविमा फेरि चोरी

284

नवलपरासी, १८ असोज । पूर्वी नवलपरासीको कावासोतीमा रहेका विद्यालयहरुमा चोरीको घटनाहरु एक्कासी बढेका छन् ।
विद्यालय बन्द भएको समयमा चोरीका घटनाहरु बढ्न थालेका हुन् । अहिले सम्म कावासोतीका शिव मावि, जनविकास विद्याश्रम, नवदुर्गा आधारभूत विद्यालयमा चोरी भएका छन् ।
त्यसका अलवा केही विद्यालयहरुमा सुरक्षाका लागि विद्यालय बाहिर राखिएका सिसी क्याम्पराहरु समेत लाइन नभएको मौका छोपी चोरी भएका छन् ।
यस अघि चोरी भएको शिव माविमा शुक्रबार राति फेरि चोरी भएको छ । शिव माविको ४५ इन्चको एलसिडी टिभी चोरी भएको नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटले पछिल्लो समय बढ्दो चोरीको घटनालाई नियन्त्रण गर्न गस्तीलाई विद्यालय क्षेत्रमा पनि बढाइने बताए ।
उनले केही शंकास्पदलाई नियन्त्रणमा लिएर तारेखमा छाड्ने र घटनाको अनुसन्धान गरिरहेकोले केही दिनमै चोरी गर्ने गिरोह नियन्त्रणमा आउने बताए ।

यसैबीच शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरका ईकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलले चाड पर्वको बेला लामो समय विद्यालय बन्द रहने भएकोले यस्तो मौका छोपी विद्यालयमा चोरीका घटना बढेकोले सतर्क रहन आग्रह गरेका छन् ।
पोख्रेलले चाडपर्वको बेलामा विद्यालय परिवारबाट विद्यालयको दैनिक रुपमा रेखदेख गर्नु हुन र रातको समयमा विद्यालयमा विशेष निगरानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

कावासोतीको जनविकास विद्यालयमा चोरी

कावासोतीको शिव माविमा पनि चोरी

कावासोतीको नवदुर्गा विद्यालयमा चोरी

 

 

 

You might also like
Loading...