कावासोतीमा खोलामा डुबेर बालकको मृत्यु





कावासोती । नवलपरासीको कावासोती १५ मा रहेको बाण खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पर्वत जिल्ला रानीपानी घर भई हाल कावासोती १५ मा मामा घर बस्दै आएका बर्ष १० का राजन भुषालको पौडी खेल्ने क्रममा मृत्यु भएको जनाएका छन् ।
दिउसाे पौडी खेल्ने क्रममा घाईते भई उपचारको लागी कावासोतीको कालिगण्डकी अस्पतालमा ल्याउने क्रममा भुषलको मृत्यु भएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...