दशैंमा तास खेल्ने चितवनबाट ६ जना पक्राउ

35

चितवन । चितवन प्रहरीले जुवा खेल्ने ६ जनालाई पक्राउ गरेको छ ।

स्थानीय सुवास श्रेष्ठको घरमा जुवाखेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीको विशेष टोलीले कालिका नगरपालिका १ गडुवा बस्ने ४२ बर्षीया हरि गुरुङ, सोही स्थान बस्ने ३२ बर्षीय भीम बहादुर तामाङ, ३८ बर्षीय जीवन लामा, ३२ बर्षीय बिष्णु गुरुङ, २७ बर्षीय सुवास श्रेष्ठ र बांँके नेपालगन्ज नगरपालिका ४ बस्ने ६० बर्षीय सन्त बहादुर गुरुङलाई नगद ३६ हजार ३ सय २५ रुपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवं डिएसपी भावेश रिमालले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई अहिले ईलाका प्रहरी कार्यालय रत्ननगरमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी प्रमुख रिमालले जानकारी दिए । चाडपर्वलाई लक्षित गर्दै तयार पारिएको सुरक्षा योजना र चितवन प्रहरीको ‘थ्री एस अप्रेसन’ अन्तर्गत चितवन प्रहरिले जुवातास खेल्ने र खेलाउनेहरुमाथि विशेष निग्ररानीमा राख्दै आएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी

You might also like
Loading...