नवलपरासीमा बालिका बलात्कारकाे आराेपमा पक्राउ

900

शाेभा जिसी –
कावासोती । नवलपरासीमा १७ बर्षीया बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ परेका छन्।
प्रहरीले बलात्कारकाे आराेपमा नवलपरासीकाे हुप्सेकोट गाउँपालिका – २ का १८ वर्षीय सुनिल ढेगा मगरलाई पक्राउ गरेकाे हाे ।
ढेगाले बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि सोही उजुरीको आधारमा प्रहरीले ढेगालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।


घटनाकाे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले बताए ।
पीडित बालिकाको भरतपुर स्थित चितवन जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको डिएसपी रानाभाटले बताए ।

You might also like
Loading...