यौनजीवनलाई सुखी बनाउने १० टिप्स





१.    यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस्, अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनुहोस् । 

२.    सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर नगर्नुहोस् ।




३.    सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

४.    सम्भोगका विषयमा तपाईंं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् र मात्र सम्भोगको सिलसिला अघि बढाउनुहोस् ।

५.    यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईंं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनुहोस् ।

६.    सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

७.    सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुहोस् । यसले तपाईंं र तपाईंंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।

८.    सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् र उनका कुरा पनि सुन्नुहोस् ।

९.    सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।

१०. सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।





सम्बन्धित
Loading...