ट्वाइलेटमा स्मार्टफोन प्रयोग गर्नाले पाइल्सको समस्या





दिसापिसाब गर्ने बेलामा ट्वाइलेटमा मोबाइल पनि सँगै लग्ने गर्नुभएको छ ? दिसा बस्दै मोबाइल हेर्दै गर्नुहुन्छ ? यदि त्यसो हो भने आजैबाट त्यो बानी छाड्नुहोला । किनकी, ट्वाइलेटमा मोबाइल हेर्ने बानीले तपाइँलाई पाइल्स गराउन सक्छ ।

खासगरी दिसा गर्ने बेलामा मोबाइल हेर्ने बानीले पाइल्सको जोखिम बढाउने बताइएको छ । मोबाइल हेर्दै दिसा गर्दा लामो समय लाग्ने र त्यसबेला मलद्वारका रक्तनलीहरुमा चाप बढ्नाले पाइल्सको जोखिम बढ्ने विज्ञहरुको निष्कर्ष छ ।




ट्वाइलेटमा बसेर फोनमा समय बिताउँदा अनावश्यक रुपमा दिसा निकाल्न बल लगाइन्छ । त्यसो गर्दा ठूलो आन्द्राको तल्लो भागमा दबाब बढ्नुका साथै दिसा बाहिर निकाल्न सहयोग पूराउने चिप्लो पदार्थ अत्यधिक नास हुनुका साथै मलद्वारको भित्री भागमा बढि घर्षण पैदा हुन्छ । यसले पाइल्स तथा मलद्वारमा घाउ हुने, सुन्निने र रगत बग्ने लगायतका समस्या देखा पर्दछ ।

हालै बेलायतमा गरिएको एक अध्ययन अनुसार ५७ प्रतिशत बेलायतीले ट्वाइलेटमा मोबाइल प्रयोग गर्दछन् । त्यसमध्ये ८ प्रतिशतले त सधै नै ट्वाइलेटमा मोबाइल चलाउने गरेका छन् ।

ट्वाइलेट बस्दा मोबाइल चलाउनु मात्र हानिकारक होइन । किताब पढेर वा अरु नै कुरामा भुलेर दिसा गर्दा धेरै जोड लगाउने र लामो समय बिताउने गर्नाले पाइल्सको जोखिम बढ्ने विज्ञहरु बताउँछन् । एजेन्सीको सहयोगमा





सम्बन्धित
Loading...