कावासोतीमा गैडाको आक्रमणबाट घाइते





नवलपुरमा गैडाको आक्रमणबाट एक जना महिला घाइते भएका छन् ।
कावासोती १३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा गैडाको आक्रमणमा परी सोमबार बिहान साढे नौ बजेतिर कावासोती १३ गैरी निवासी आशा गुरुङ घाइते भएका हुन् ।
नमुना मध्यवर्ती सामुदियक वनका अध्यक्ष खिलबहादुर गुरुङका अनुसार गम्भीर घाइते गुरुङको उपचारको लागि भरतपुर पठाईएको छ ।
नियमित रुटिङ अनुरुप उपभोक्ताको लागि सोमबार जङ्गल प्रवेश खुल्ला गरिएको र सोही क्रममा दाउरा काटन जाने क्रममा गैडाले आक्रमण गरेर गुरुङलाई गम्भीर घाइते बनाएको वनका अध्यक्ष गुरुङले बताए ।




सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कुकुर, हात्तीदेखि ड्रोनसम्म प्रयोग

गैँडाको आक्रमणबाट एकको मृत्यु 





सम्बन्धित
Loading...