कावासाेतीकाे चिलाहामा हाेमस्टे सञ्चालन





गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशकाे आम्दानीकाे मुख्य स्राेत भनेकै पर्यटन व्यवसाय भएकाे बताएका छन्।

मुख्यमन्त्री गुरुङले विहीबार कावासोती १० मा रहेको चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टे उद्घाटन गर्दै भने – हाम्राे आम्दानीकाे मुख्य स्राेत नै पर्यटन हाे । त्यसैले पर्यटन व्यवसायीहरूले आन्तरिक र वाह्य पर्यटनलाई कसरी आकर्षण गर्न सकिन्छ, साेही अनुसार काम गर्न आवश्यक छ ।




उनले विना योजना जुनसुकै कार्य संचालन गरेपनि सफल नहुने भन्दै होमस्टे संचालनका लािग पिन योजना निर्माण गरेर लाग्न आग्रह गरे।

गण्डकी प्रदेशका उद्योग वन तथा बातावरण मन्त्री विकास लम्सालले पर्यटकीय क्षेत्रको प्रबर्धन गर्ने उद्देश्यले स्थापना गरिएको होमस्टेका लागि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका १ सय ९६ वटा होमस्टेलाई गत आर्थिक बर्षमा सहयोग गरेको बताए।

गण्डकी प्रदेश सरकारकाे १५ लाख अनुदान सहयोग कावासोती नगरपालिकाबाट करिब साढे ७ लाख, वडा नं. १० बाट ५ लाख गरी करीब साढे २७ लाखमा अनुदान सहयोगमा होमस्टे सञ्चालनमा ल्याएकाे हाेमस्टेका अध्यक्ष भेषराज महतोले बताए ।

 

हाेमस्टेले यहाँ आउने पर्यटकका लागि रतवलमा रहेको वाणखोबाट वोटिङको व्यवस्था सम्मेत गरिएको छ ।

होमस्टे नजिकै मध्यवती जङगल साथै सिमसार रहेको हुदा पर्यटक हरुको लागि भनेर जङ्गल सफारी र नजिकैको बाण खोलामा डुङ्गा सयरको व्यवस्था गरेको छ । याे होमस्टेमा कावासोती १० का १३ परिवार आवद्ध रहेको छ ।

होमस्टे उद्धाटन कार्यक्रममा गण्डकी प्रदेशका सदस्यहरु रोशन बहादुर गाहा, जनकलाल श्रेष्ठ, ओमकला गौतम, कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुन, सरकारी कार्यालयका प्रमुख तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।




सम्बन्धित
Loading...