परासीमा औद्योगिक ब्यापार मेला हुने





परासी । कृषि पर्यटन उद्योग र  ब्यापार राष्ट निमार्णको बलियो आधार भन्ने मुल नाराका साथ यहि मंसिर २ गते देखि परासीमा नवलपरासी औद्योगिक ब्यापार मेला २०७६ हुने भएको छ ।

पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले उद्योग बाणिज्य संघ परासीको आयोजनामा रामग्राम ४ मा यहि मंसिर २ गते देखि १५ गते  सम्म  कृषि  पर्यटन , उद्योग , ब्यापार , एवम सुचना प्रबिधिको बृहत प्रर्दशनी  मेला आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीका  अध्यक्ष केशव भण्डारीले जानकारी दिए ।


उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीले आज बुधबार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष केशव भण्डारीले मेलामा  घरेलु उद्योगदेखि बहुर्राष्ट्रिय कम्पनीका उत्पादन राखिने बताए ।

१३ दिनसम्म सञ्चालन हुने उक्त मेलामा तयारी पोशाक तथा हस्तकला सामग्रीहरु, जुत्ता छाला तथा छालाजन्य उत्पादन, घरेलु तथा लघु उद्यमीद्वारा उत्पादित वस्तु, घरायसी उपभोगका सामानहरु, फर्निचरहरु, निर्माण सामग्रीहरु, सेनेटरी वेयर, खाद्य पदार्थ तथा परिकार, अटोमोवाइल, औषधीजन्य सामग्री लगायत  आधुनिक कृषि उत्पादन र उपकरणहरुको प्रर्दशनी, ऊर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका आधुनिक उपकरण, पर्यटन सूचना केन्द्र लगायत १३० स्टल प्रदर्शनीमा राखिने उद्योग बाणिज्य संघ पश्चिम नवलपरासी जनाएको छ ।

पश्चिम नवलपरासीमा गौतमबुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप, बुद्धको मावली पण्डितपुर, महल पोखरी, नन्दनताल, चुहाडी, देवदह पोखरी, बाबा बर्दगोरिया, पाल्हीभगवती मन्दिर, कृष्णधाम आदिको संगम धार्मिक ऐतिहासिक, पुरातात्विक , औद्योगिक, कृषि एवम पर्यटकीय सम्भावना बोकेको  नवलपरासी जिल्लामा राष्ट्रिय एवम बहुराष्ट्रिय स्तरका ठूला, मझौला र साना गरी ७ सय भन्दा बढी उद्योग सञ्चालनमा रहेका र थप उद्योग स्थापना हुने क्रममा रहेकाले ती उद्योगलाई प्रवद्र्धन गर्दै साना तथा ठूला लगानीकर्ता भित्र्याउने उद्देश्यले  मेला आयोजना गर्न लागीएको संघका अध्यक्ष भण्डारीले  बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय धरोहर प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक बढाउन मेलामा विशेष जोड दिइने संघले जनाएको छ ।

रामग्राम नगरपालिका–४ मा सञ्चालन हुने यस मेलामा पाल्पाको करुवासहित लोप हुने अवस्थामा रहेका परम्परागत प्रविधिको छुट्टै प्रदर्शन गरिने तथा दर्शकको आकर्षणका लागि तराईमा लोकप्रिय मानिने कुस्ती खेल, ख्यातिप्राप्त कलाकार तथा स्थानीय समुदायका परम्परागत भेषभूषा र संस्कृति पनि प्रदर्शन गरिने सघका महासचिव गिरिराज पाण्डेले बताए ।

उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीको आयोजनामा  तथा

रामग्राम नगरपालिकाको संरक्षकत्वमा पाँचौ पटक सञ्चालन हुन लागेको औद्योगिक ब्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको संघका  अध्यक्ष भण्डारीले जानकारी दिनु भएको छ ।

 




सम्बन्धित
Loading...