गण्डकी प्रदेशको कास्की र नवलपुरमा धेरै उद्योग





केन्द्रीय तथ्यांक विभागले गण्डकी प्रदेशको अघिल्लो वर्षसम्मको यथास्थितिबारेको तथ्यांक बिहीबार सार्वजनिक भएको छ । नेपालको आर्थिक अवस्था तथा रोजगारीबारे जानकारी लिने हेतुले केन्द्रीय तथ्यांक विभागले गत वर्ष देशव्यापी तथ्यांक संकलन गरेको थियो ।

तथ्यांक अनुसार प्रदेशभर सबैभन्दा औद्योगिक प्रतिष्ठान कास्कीमा र त्यसपछि नवलपुरमा देखिएको छ । गण्डकी प्रदेशभर भएका जम्मा १ लाख औद्योगिक प्रतिष्ठानमध्ये कास्कीमा मात्रै ३० हजारवटा रहेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ । नवलपुरमा १२ हजार प्रतिष्ठान छन् ।




‘सबैभन्दा कम औद्योगिक प्रतिष्ठान भएका जिल्लामा मनाङ र मुस्ताङ छन्,’ तथ्यांक कार्यालय कास्की प्रमुख जग्गुलाल बस्यालले भने, ‘मनाङमा जम्मा ४ सय र मुस्ताङमा ७ सय छन् ।’ उनले तथ्यांक लिँदा दर्ता भएका र नभएका सबै प्रकारका प्रतिष्ठानलाई गणना गरिएको जानकारी दिए ।




सम्बन्धित
Loading...