लक्ष्मी जयन्तीमा साहित्य परिषद नवलपरासीको घुम्ती श्रृंखला





जनक पान्डेय –
नवलपरासी । साहित्य परिषद नवलपरासीको ३६ औ साहित्यिक मासिक घुम्ती श्रृंखला गरिएको छ ।
१११औ लक्ष्मी जन्यन्ती विशेष पारेर साहित्यकार खिमा रिजालको उज्यालोको खोजिमा संघर्षका पाइला कृतिको विमर्श तथा रचनावाचन कार्यक्रम गरिएको हो ।
कार्यक्रम सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्यालको प्रमुख आतिथ्यता र साहित्य परिषद नवलपरासीका अध्यक्ष डा.श्याम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कृतिकार खिमा रिमालको पुस्तक उज्यालोको खोजीमा संघर्षका पाइलाहरुकोसाहित्यकार डा.घनस्याम परिश्रमी साथै पविता पौडेल ज्ञवालीले समिक्षा गरेका थिए ।
पुस्तकमा द्वन्दकालमा युद्धमा होमिएका महिलाहरुको वीर गाथा महिलाहरुको देश प्रेम बिबिध यथार्थ घटनालाइ पुस्तकमा समावेस गरिएको छ ।
लक्ष्मी जन्यन्ति विशेष कार्यकममा बोल्दै डा.घनश्याम परिश्रमीले लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्यायको अतुलनीय योगदानलाइ मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
साहित्यकार डा. श्यामप्रसाद न्यौपानेले पनि देवकोटाले नेपाली साहित्यमा गरेको अतुलनीय योगदान बिर्सिन न हुने कुरा बताए ।
कार्यक्रममा तिलक अन्जान भट्टराई, दिनेश पाठक, जनक पान्डे प्रेमिल, रेश्मिराज पान्डे, तिलक पौडेल जिज्ञासु, नारायण पान्डे, दुर्गा भुसाल, भविस्वर पराजुली लगायत दुई दर्जन भन्दा बढी श्रस्टाहरुले आफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रमको सन्चालन साहित्य परिषद नवलपरासीका सचीव कृष्ण पौडेल समर्पणले गरेका थिए ।

 

देवकोटा जयन्तीमा दाउन्ने साप्ताहिकका प्रधानसम्पादक सम्मानित





सम्बन्धित
Loading...