पक्लिहवाका पुर्व गाबिस अध्यक्षको नातिनी घरबाटै बेपत्ता





श्याम थापा –
सुस्ता १४ कार्तिक। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पर्ने साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरी मुनाफाको करिब ३ बर्षको नातिनी आफ्नै घरबाट बेपत्ता भएको छ ।

यहि कार्तिक ११ गते आफ्नै घरको आगनमा खेल्दै गर्दा साझ ५:३० बजे तिर साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरीको अधाइ बर्षको नातिनी आदिती कुर्मि (चौधरी) आफ्नै घरको आगनबाट बेपत्ता भएकी हुन ।




आबितीलाई कार्तिक ११ गते देखि स्थानीयबासी र प्रहरी द्वारा खोजी कार्य भैरहेको प्रहरी चौकी रामनगरले जनाएको छ । आदितीको खबर कहि कतैबाट नआएको र आफुहरुले आफ्नो सम्पुर्ण आफन्तीका खोजी र जानकारी गराएको हुदा अहिले सम्म कहि कतैबाट फोन पनि नआएको हुदा नातिनी अपहरणमा परेको पुर्व गाबिस अध्यक्ष चौधरीले आशन्का पनि गरेका छ्न ।

साथै पुर्व गाबिस अध्यक्ष चौधरीले आफ्नो कसै संग दुश्मनी पनि नरहेको र अहिले सम्म कहि कतै बाट फोन पनि नआएको उनले बताए ।

पुर्व गाबिस अध्यक्ष चौधरीको घर नेपाल भारतको सिमाना देखि करिब ५० मिटरको दुरिमा सुस्ता ५ बलिनगर भन्ने ठाउँमा छ । नेपाल भारतको खुल्ला सिमाना र नेपालीहरुको महान चाड दशै तिहार र छठ जस्तो चाडपर्वको अवसरमा सुस्ता ५ को पक्लिहवामा खेलिने जुवातासको कारणले सिमाना पारीबाट भारतीय नागरिकहरुको बढ्दो आवतजावतको कारणले पनि यस्तो घटना भएको हुन सक्ने बलिनगरबासीको दाबी रहेको छ ।

आदितीले रातो टिसर्ट र कट्टू लगाएको छ र उनको खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारजनले आग्रह पनि गरेका छ्न,भने आबितीलाई कोहि कसैले देख्नु र भेटाउनु हुने ब्यक्तीहरुले नजिकको प्रहरी चौकी ९८५७०१३७९३,घर परिवारको सम्पर्क नम्बर ९८०७४९७३२९, ९८६७४२७९७८, ९८७६१६५८१० र पत्रकार श्याम थापाको सम्पर्क नम्बर ९८५७०८०९५६, ९८६७१२९०६० सम्पर्क गरि खबर गरिदिनको लागि परिवारजनले अनुरोध पनि गरेका छ्न ।




सम्बन्धित
Loading...