नारायणी नदी किनारमा ‘नारायणी महोत्सव २०७६’ सुरु





नारायणी नदी किनारमा शुक्रबारदेखि ‘नारायणी महोत्सव २०७६’ सुरु भएको छ ।

रेविका बाल प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गरे । महोत्सवको उद्घाटन अगाडि नारायणगढको पुलचोकबाट विभिन्न जाति तथा समुदाय विशेषको झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।




महोत्सवमा विभिन्न तीन सय वटा व्यवसायिक स्टलहरु छन् । सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले जानकारी दिइन् ।

महोत्सव कात्तिक २५ गतेसम्म चल्ने छ । प्रतिष्ठानले आयोजना गरेको महोत्सवबाट प्राप्त आम्दानी अपाङ्गता भएका बालबालिकाहरुका लागि खर्च गरिने जनाइएको छ ।




सम्बन्धित
Loading...