साधना सङ्गम, नवलपुरको ४५ औं श्रृंखला





कावासोती । पं. कृण्णशरण डुम्रे तथा कवि केशवराज डुम्रेको स्मृतिमा साधना संगमको ४५ औं श्रृंखला कावासोती ६ विण्णुनगरमा भएको छ ।
साधना सङ्गमका अध्यक्ष अर्जुन अविरलको अध्यक्षता र कवि लोकनाथ खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रम अवधिभर पं. कृण्णशरण डुम्रे र कवि केशवराज डुम्रेको शैक्षिक, सामाजिक र साहित्यिक योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा कवि दीपक सोती, कवि सदानन्द अभागी, डा. धनपति कोईराला, लीला राना मास्की, मुक्ति ढकाल, जीवन युगीन, काशीराम गैह्रे, एकनारायण चापागाई, टीका पोख्रेल, कावासोती वडा नं. १ का वडाअध्यक्ष नारायण प्रसाद पन्त लगायतका अतिथिहरूले उनीहरुको जीवनीमाथि रचना वाचन गरेका थिए ।
युवा क्लव, आमा समूह र कवि केशवराज डुम्रेको परिवारसहितको उपस्थितिमा भएको कार्यक्रममा केशवराज डुम्रेकी धर्मपत्नी र कवि लोकनाथ खरेललाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रम संयोजक गुणाखर काफ्लेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।




सम्बन्धित
Loading...