स्थानीय तहका ४८ स्थानमा उपनिर्वाचनमा मनोनयन दर्ता सम्पन्न


आगामी १४ कात्तिकमा हुन गइरहेको उपनिर्वाचनको लागि बुधबार ४८ वटा स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

आयोगले आज (बुधबार) दिउँसो साढे एक बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो ।

निर्वाचन आयोगले स्थानीय तहमा हुने उपनिर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति निर्धारण गरे बमोजिम बुधवार धरान उपमहानगरपालिकाको प्रमुखसहित ४८ स्थानमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।

निर्वाचन आयोगका अनुसार बुधबार पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पपरा गाउँपालिकाको रिक्त अध्यक्ष पद र हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको रिक्त उपाध्यक्ष पदमा मनोनयन दर्ता भएको हो ।

यस्तै विभिन्न गाउँपालिका र नगरपालिकाका रिक्त वडाअध्यक्षहरु ४३ जनाको लागि पनि बुधबार मनोनय दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ मा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ्ग गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका ं–२, सुनसरीको धरान उपमहानगरपालिका वडा नं–७, संखुवासभाको खाँदवारी नगरपारिका –३, खोटाङको साकेला गाउँपालिका –३ मा वडाध्यक्षको लागि आज उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका हुन् ।

यस्तै प्रदेश २ मा सप्तरीको छिन्नमस्ता गाउँपालिका – ७, सिराहाको कल्याणपुर नगरपालिका –१२, महोत्तरीको बलवा नगरपाकिलका –८ र २ तथा मटिहानी नगरपालिका– ६, सर्लाहीको हरिपूर्वा नगरपालिका–१, रौतहटको गढीमाई नगरपालिका –२, बाराको बारागढी गाउँपालिका –१ र पर्साको सखुवा प्रसौनी गाउँपालिका –५ मा वडाध्यक्ष पदमा उम्मेदवार दर्ता भएका छन् ।

प्रदेश– ३ मा रिक्त रहेका ६ वटा वडाध्यक्ष पदका लागि रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेको धुलिखेल नगरपालिका–२, काठमाडौँ दक्षिणकाली नगरपालिका–३, चितवनको खैरहनी नगरपालिका–४ र ५ मा आज उम्मेदवारी दर्ता भएको हो ।

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित सुन्दरबजार नपा –२, बाग्लुङ्ग बडिगाड गाउँपालिका –२ र नवलपरासी (पूर्व) बैदीकाली गाउँपालिका –५मा वडाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।

प्रदेश– ५ को गुल्मीमा रुरुक्षेत्र गाउँपालिका –६, अर्घाखाँचीको मालारानी गाउँपालिका –३, प्युठानको प्यूठान नगरपालिका –२, प्यूठान ऐरावती गाउँपालिका – १ र २, रोल्पाको थावाङ गाउँपालिका –१, कपिलवस्तु शिवराज नगरपालिका –१०, घोराही उपमहानगर–१६, बाँकेको कोहलपुर नगरपालिका – ६ मा वडाध्यक्षको लागि मनोनयन दर्ता भएको हो ।

यस्तै, कर्णाली प्रदेशमा सल्यान कुमाख गाउँपालिका –५ को वडाध्यक्ष पदमा वुधबार मनोनयन पत्र दर्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशका ७ वटा रिक्त वडाध्यक्ष पदका लागि आज मनोनयन दर्ता भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका –१, अछामको मल्लेख गाउँपालिका –५, डोटीको आदर्श गाउँ पालिका –२, कञ्चनपुरको पुर्नवास नगरपालिका –३, बैतडीको पुचौंडी नगरपालिका –४, सुर्नया गाउँपालिका –१ र दोगडाकेदार गाउँपालिका –४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ ।







सम्बन्धित
Loading...