मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते


भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।



ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नम्बरकाे मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नम्बरकाे मोटरसाइकल एकापसमा ठक्कर खाँदा बा५३प १६५० नम्बरको मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो ।



ग१७प ४५६४ नम्बरको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चितवनको रामनगरमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु




सम्बन्धित
Loading...